नेपाल सरकार

वन तथा वातवरण मन्त्रालय

वनस्पति विभाग

वनस्पति अनुसन्धान केन्द्र

नेपालगन्ज ,बाँके

शिशिर पन्थी

कार्यालय प्रमुख

शिशिर पन्थी

(वरिष्ठ वैज्ञानिक अधिकृत)
9849151671
रामकृष्ण भण्डारी

सूचना अधिकारी

रामकृष्ण भण्डारी

(सहायक वैज्ञानिक अधिकृत)
9841622756
परिचय

नेपालमा रहेका विभिन्न वनस्पतिहरुको नमुना संकलन, पहिचान अध्ययन, अनुसन्धान र प्रविधिको विकाश गरि वनस्पति श्रोतको सदुपयोग तथा प्रबर्द्धन गर्ने मूल उद्देश्य लिई बि.स. १९९४ मा वनस्पति फाँटको रुपमा कार्य शुरु भई वि.सं. २०१६ सालमा वनस्पति विभागको स्थापना भएको हो |यो कार्यालय सुरुमा बाँके जिल्लाको सल्यानी बागमा वनस्पति सर्वेक्षण कार्यालयको नामले वनस्पति विभागको ईकाई कार्यालयको रुपमा रहेको थियो | तर पछि वि.सं.२०५० सालमा वनस्पति विभागको पुन: संरचना हुँदा उक्त कार्यालय खारेज गरि जडिबुटी नर्सरीको रुपमा ढकेरीमा स्थित इकाईलाई वनस्पति संरक्षण स्थल (Botanical Conservatory) को रुपमा वनस्पति विभागबाट संचालनमा ल्याइयो तर पछि विभिन्न क्षेत्रमा वनस्पति सम्बन्धि अध्ययन अनुसन्धान कार्यको लागि कार्यालयको आवश्यकता महसुस गरि वि.सं. २०५६ साल विभिन्न ७ जिल्लाहरुमा वनस्पति कार्यालयको स्थापना गरियो | जसमध्ये पूर्वी क्षेत्रको इलाम जिल्लामा, मध्यमाञ्चल क्षेत्रको धनुषा, मकवानपुर, मध्यपश्चिमाञ्चल क्षेत्रमा सल्यान, बाँके र जुम्लामा तथा सुदुर पश्चिमाञ्चल क्षेत्रमा धनगढीमा कार्यालय स्थापना गरियो| हालसम्म नेपालमा १२ वटा वनस्पति उद्यानहरु स्थापना गरिएको छ जुन वनस्पति विभागको मातहत अन्तर्गत पर्दछन् |जिल्ला वनस्पति कार्यालय, बाँकेको स्थापना वन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गत वनस्पति विभागको जिल्लास्थित कार्यालयको रुपमा वि.सं. २०५६ सालमा भयको हो | यसको जम्मा क्षेत्रफल ४५९४.७ वर्ग मिटर रहेको छ| जिल्ला बनस्पति कार्यालय, बाँके नेपालगंज उपमाहानगरपालिका वार्ड नं.-४ , सल्यानीबागमा अवस्थित छ | यस कार्यालयको मातहतमा ढकेरी वनस्पति उद्यान, बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. ९ मा अवस्थित छ |वि.सं.२०७५ साल श्रावन देखि लागु हुनेगरी संघिय सरकार (केन्द्र) को वन तथा वातावरण मन्त्रालय अन्तर्गत वनस्पति विभागको वनस्पति अनुसन्धान केन्द्रको रुपमा वनस्पति अनुसन्धान केन्द्र बाँकेको पुनः संरचना भयो |


अरु पढ्नुहोस्
सूचना / समाचार
शीर्षक डाउनलोड
Research Internको लागि अन्तरवार्ता सम्बन्धि सूचना
प्रकाशित मिति: 2079-10-04
Research Intern सम्बन्धि सूचना
प्रकाशित मिति: 2079-09-14
इन्टर्न परिचालनका लागि प्रस्ताब आबेदन स्वीकृत सम्बन्धि सूचना
प्रकाशित मिति: 2078-08-19
सुचना
प्रकाशित मिति: 2078-07-08
थप हेर्नुहोस्
डाउनलोडस्
शीर्षक डाउनलोड
image Research Intern को लागि दरखास्त फाराम
image ढकेरी वनस्पति उधान
थप हेर्नुहोस्
थप हेर्नुहोस्
Facebook

© 2020 Copyright : वनस्पति अनुसन्धान केन्द्र, नेपालगन्ज ,बाँके
Last Updated: 2021/12/23
Developed By: Ninja Infosys Pvt. Ltd.